दुई विषय भन्दा बढी विषयमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराइने
काठमाडाैं | असार १५, २०८१
काठमाडौं: एसईई परीक्षामा दुई विषय भन्दा धेरैमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराइने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै दुइ विषयभन्दा धेरैमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने वातावरण बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको हो ।
मन्त्रीको निर्देशनपछि बोर्डले लेटर ग्रेडिङ निर्देशिका संसोधनको प्रस्ताव तयार गरेर मन्त्री समक्ष पेश गर्ने मन्त्रालयका प्रवक्ता केशब दाहालले जानकारी दिनुभयो । मन्त्रीको निर्देशन अनुसार काम गर्नका लागि निर्देशिकामा संसोधन आवश्यक रहेकाले सो प्रकृया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
मौका परीक्षामा सहभागी हुने विद्यार्थीलाई तयारीका लागि शिक्षण कार्यको व्यवस्थापन सम्बन्धित विद्यालयले गर्नेगरी आवश्यक व्यवस्था गर्न पनि मन्त्री श्रेष्ठले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको मन्त्रालयले जानकारी दिएको छ ।
लेटर ग्रेडिङ निर्देशिकामा दुइ विषयसम्ममा एनजी भएका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेकोमा अब निर्देशका संसोधनपछि दुइ भन्दा बढी विषयमा एनजी भएका विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने छन । मौका परीक्षा एक महिनाभित्र हुने गरी तोकिएको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

